Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा गरेको आगजनी नियन्त्रणबाहिर


काठमाडौं—राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी नियन्त्रणबाहिर गएको छ ।

महानगरका नगरप्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले दुई वटा दमकलले जडिबुटी कम्पनीमा लागेको नियन्त्रण गर्न नसकेपछि थप दमकल बोलाइएको बताए ।

महानगरसँग छ वटा दमकल छ । एक दमकल तीनकुनेस्थित निजी घरमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका छन् । बाँकी पाँच वटा दमकलमध्ये एउटा बालाजुमा लागेको आगो निभाउन प्रयोग गरिएको छ भने चार वटै दमकल जडिबुटी लगायत अन्य स्थानमा लागेको आगो निभाउन प्रयोग गरिएको उनले बताए ।