Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

आज पनि उच्च अङ्कले बढ्यो शेयर


काठमाडौं—शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६ सय ६३ दशमलव ३० विन्दुमापुगेको छ । आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रो फाइनान्स समूहको शेयर २ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिनकुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झन्डै २ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकमपनि बढेको छ । हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका ९७ लाख७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ