काठमाडौं—नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा आज गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे । शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुने उनले बताए ।


प्रतिक्रिया