काठमाडौं—प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने भनिएको भएपनि अझै सुचारु हुन सकेको छैन् । आजैबिहान ११ बजे डाकिए पनि बैठक सञ्चालनका विषयमा दलहरूबीच सहमति बन्न नसकेपछि २ बजे सारिएको हो। नेपाल विद्युतप्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षीदलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेपछि बैठक समयमा सुरु हुन नसकेको हो।
सभामुखले सभा सञ्चालनका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् तर सहमति जुटेको छैन।विपक्षीले चार महिनामात्रै कार्यकाल बाँकी रहेका घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारदेखि नै सदन अवरुद्ध पार्दै आएका छन्।
बुधबार पनि विपक्षीको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। यता,प्रतिपक्षीदलहरूले आजपनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । प्रतिपक्षीको अवरोध कायम भएपछि अध्यक्षदाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित भएपछि अझै बस्न सकेको छैन् ।
प्रतिक्रिया