राजावादीसँग भिडिरहेको गणतन्त्रवादीहरु आफैँ भिडेर सडकमा चर्किएको मुद्दा डिरेल गर्न लागिपरेका छन् । त्यसको मारमा कुलमान घिसिङ पर्दा यो मुद्दाले राजावादीप्रतिको माहोल समेत कही कम गरेको छ । अर्थात अहिले राजनीतिक अवस्था सत्तापक्ष भर्सेस प्रतिपक्षको बन्दै गएको हो ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि सडक र सदन नै तातिएको छ । बुधबार पनिसडकमा उनको पुनर्वहालीको माग गर्दै सडकमा प्रदर्शन त भयो नै यही विषयलाई लिएर संसदसमेतप्रभावित बन्यो । कुलमानलाई किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेपछिप्रतिनिधिसभाको बैठकबिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले बुधबारको बैठक अवरोध गरेपछि सुरुमा आधा घण्टाका लागि स्थगित गरिएको थियो ।तर आधा घण्टाका लागि स्थगित भएको बैठक चार घण्टापछि बसेपनि विपक्षी दलले घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान कायम राखे। जहाँ सभामुख देवराज घिमिरले बैठक सञ्चालनका लागि बसेर सहयोग अनुरोध गर्न आग्रह गरे पनिविपक्षी दलका सांसदले प्रधानमन्त्रीको जवाफका लागि रुलिङको माग गर्दै अडान कायम राखे ।
यही कारण बैठक विहीबारसम्मका लागि स्थगित हुँदा कुलमान प्रकरणले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षी एक ठाँउमा देखिए । यसरी हेर्दा गणतन्त्रवादी र राजावादीहरुको सम्बन्ध सदनमा एक, सडकमा परस्पर विरोधी जस्तो बनेको छ ।
कुलमानका शुभेच्छुकले विद्युत प्राधिकरण नै घेर्दा राजावादीको चर्चा मधुरो सुनिएको छ ।
रोचक त के छ भने कुलमान बर्खास्तीको विषयमा कांग्रेसमै मत विभाजित छ । जहाँ उनलाई हटाउन सभापति शेरबहादुर देउवा,उनकै पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा र ऊर्जामन्त्री दीपक खड्कामात्र सहमत भए पनि दुवै महामन्त्रीले विरोध गरिसकेका छन् । स्वयम् गृहमन्त्री रमेश लेखकसमेत यसको विपक्षमा देखिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवासँगको भेटपछि नै यो निर्णय लिएको प्रष्ट छ । जसले राजावादी भर्सेस गणतन्त्रवादीको अवस्था सत्ता पक्ष भर्सेस विपक्षी भएको छ ।
अर्थात कतै यो सडकमा उठेको मुद्दा डिरेल गर्न कुलमान बलीको बोको बनेका त होइनन् भन्ने प्रश्न बलियो पारेको छ । जहाँ विपक्षी एक हुने फाइदा प्रचण्डलाई पनि मिलेको छ भने व्यवस्थाविरुद्धको चर्चा कुलमानमा पुगेको सत्तालाई पनि फाइदा नै छ । भलै यसलाई राजावादीले यो व्यवस्थामा देखिएको समस्याकै रुपमा अथ्र्याउन खोजिरहेका छन् । यसको रापताप आफ्ना आन्दोलनका लागि फाइदाजनक हुने उनीहरुको आशा देखिएकै कारणसंसदमा विपक्षी दलसँगै राप्रपाले सरकारको विरोध गरिरहेको छ ।
हुन त राजावादीलाई गाली गरेपनि प्रचण्डसमेत यो अवस्थामा आउनुमा ओलीलाई दोष दिइरहेका छन् । सरकारको लाचारिपन र निराशजक कामकै उपज प्रतिगामी शक्तिहरु चलमलाएको र उनको समेत साझा तारो सरकार नै बनेको छ । जहाँ राजतन्त्र नै फर्काउने सपना बोकेको राप्रपाका लागि त त्यो स्वभाविक नै हुने भयो । यही बीचमा विपक्षी गठबन्धनको बैठकमा राप्रपालाई नबोलाएर आफू फरक देखिने प्रयाससमेत उनीहरुले गरिरहेका छन् ।जसले दुई धुव्रमा पुगेको राजनीति बहुधुव्रमा पुगेको मात्रै छैन कसले कति फाइदा उठाँउदा चासोसमेत बढेको छ ।
प्रतिक्रिया