विवादै विवादका बीच हितेन्द्रदेव शाक्य फेरि नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आएका छन् । दोहो¥याएर प्राधिकरणको कार्यकारी निर्देशकमा आएका शाक्यको दोस्रो इनिङ्स चुनौती नै चुनौतीले भरिएको छ ।
सरकारले कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेसँगै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पदबहाली गराएको छ । चार वर्षअघि शाक्यलाई हटाएर घिसिङलाई नियुक्ति दिएको सरकारले यसपटक घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको जिम्मा दिएको हो । प्राधिकरणमा शाक्य दोस्रो इनिङ्स सम्हाल्न त आएका छन्, यसका साथै उनले थुप्रै चुनौतीहरू पनि सँगसँगै लिएर आएका छन् ।
शाक्यलाई पहिलो चुनौती हुने छ, उद्योगीहरूबाट उठाउनु पर्ने अर्बांैको बक्यौता रकम । आम नागरिकले १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहँदा विशेष सेवा उपभोग गर्दै डेडिकेटेड फिडर र टं«कलाइनमार्फत् बिजुली उपयोग गरिरहेका उद्योगीहरूसँग उठाउनु पर्ने २८ अर्ब रुपैयाँ प्राधिकरणको खातामा ल्याउनु छ । सरकार नै उद्योगीहरूको पक्ष पोषणमा लाग्दा उनका लागि यो काम त्यति सहज हुने देखिँदैन । कुलमान हटेपछि देशमा फेरि लोडसेडिङ हुने हल्लालाई गलत सावित गर्नु पर्ने चुनौती हुँदा दोहो¥याएर आएको अवसरमा खरो उत्रिने तयारीमा उनी देखिन्छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाईं मन्त्रीले नै भारतबाट विद्युत् आयात रोकिने बित्तिकै देशमा फेरि लोडसेडिङ सुरु हुने अभिव्यक्ति दिएको हुँदा नयाँ कार्यकारीलाई त्यो पनि एउटा चुनौती रहेको छ । त्यसैले भारतीय बिजुलीको विकल्प खोज्दै उत्पादनमा ध्यान दिनु पर्ने छ । त्यसका लागि सीमित उद्योगीहरूको एकाधिकार जस्तै रहेको घेराबन्दी तोड्दै अन्यलाई पनि अनुमति र नवीकरणमा जोड दिनु पर्ने देखिन्छ । त्यस्तै कुलमान आफूलाई पदबाट हटाइएपछि न्यायिक उपचार खोज्न न्यायालय पुगे भने अदालतले अन्याय गरेको बताएका शाक्यले कानुनी झमेलाको पनि सामना गर्नु पर्ने देखिन्छ ।
विद्युत् प्राधिकरणमा घिसिङले आमनागरिकमाझ जुन छवि बनाएका छन्, त्यसलाई कायम राख्नु त छदैँ छ । यदि साच्चिकै घिसिङको स्थानमा शाक्यले आफ्नो नियुक्तिको औचित्य पुष्टि गर्ने हो भने प्राधिकरणलाई नयाँ उचाईमा पु¥याउनुको विकल्प छैन । नेपाल सरकारले १० वर्षमा १० हजार मेघावाट बिजुली भारतलाई बेच्ने भनिरहँदा त्यसलाई पनि साकार बनाउनु छ । भारत र बंगलादेशबाहेक अन्य मुलुकमा पनि विद्युत् निर्यात गर्नेबारे उनले पहल गर्नुपर्ने छ । उनले प्राधिकरणलाई झन् पारदर्शी र व्यवस्थित बनाएर लैजाने र जनताको कुनै पनि गुनासो आउन नदिने गरि काम गर्नु पर्ने छ । जुन उनका लागि सोचे भन्दा निकै गाह्रो हुने जानकारको बुझाइ छ ।
फाइदामा रहेको संस्थालाई थप नाफामा पु¥याउन उनले लिने निर्णय पनि महत्वपूर्ण हुने छ । शाक्यमाथि प्राधिकरणको पहिलो कार्यकाल सम्हाल्दै गर्दा चुहावट र अनियमितताको आरोप लागेको थियो । नेपाल विद्युत् प्राधिरकणको कार्यकारी निर्देशकमा दोस्रो इनिङ शुरु गरेका उनै शाक्यले अहिले त्यही चुहावट रोक्न के कस्ता पहली कमद चाल्छन्, यसअघि लागेको अनियमितताको आरोपलाई कसरी चिर्छन् ? र प्राधिकरणको अहिलेको क्षमता र अवस्थालाई थप उचाइमा पु¥याउन सक्लान् वा असफलताको दाग लगाउँछन् ? त्यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ । त्यसका लागि केही समय कुर्नुको विकल्प पनि छैन ।।
प्रतिक्रिया