Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक – दुई दिन पर्खिएको भएपनि हुन्थ्यो : प्रचण्ड


काठमाडौं—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रुपमा लिनुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए । आफू सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रीपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनको भनाइ छ । अध्यक्ष दाहालले उक्त कुराले आफूलाई पुनः स्वर्ग र नर्क सम्झाएको बताए ।