Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध रिट निवेदन दर्ता


काठमाडौं—दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनदर्ता भएको छ । आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदनदर्ता गरेकाहुन् ।उनले ललितपुर भैसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग गरेका छन् ।

भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूकालागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भएको छ। उक्त आवासमा ७ वटा भवनमा १४ वटा ब्लक छन्। आवासक्षेत्र निर्माण गर्न ८५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् ।

उनीहरु काठमाडौं आउदा त्यही निवासको प्रयोग गर्छन ।प्रदेश प्रमुखको लागि आवास बाहेकका सुविधाखर्च प्रतिमहिना करिब २–३ लाखरुपैयाँ सम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रतिमहिना करिब ३–४ लाख रुपैयाँ सम्म हुनसक्ने भन्दै रिट निवेदनमा अधिवक्ता भुषालले राज्य कोषमा भार पारेकाले उक्त सुविधा खारेज गर्न माग गरेका छन् ।