Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष थापालाई कारवाही गर्न अख्तियारमा पत्राचार गर्ने


काठमाडौं—फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापालाई कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । एन्फाको चैत ११ र १२ गते बसेको नवौं कार्यसमिति बैठकले विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

एन्फाले अख्तिायार सहित फिफा, एएफसी, नेपालप्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले बताए ।

फिफाले २०७२ मा एन्फाका तत्कालिन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबल सम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो ।यस्तै संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्वन्धित निकायमा छानविन गरी निर्णयकालागि पत्रचार गर्ने निर्णय भएको शाहले सुनाए ।