Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कुलमान हटाएको विषयमा प्रतिपक्षीदलले गरे दुवै सदन अवरुद्ध


काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध गरेपछि आजै आधा घण्टापछि बस्नेगरी बैठक स्थगित भएको वैठक अझै सुरु हुन सकेको छैन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ । बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने भएको आरोप लगाए ।

यता, कुलमान बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेका छन्। कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने सांसदहरुले बताए ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलवार नै पदभार ग्रहण गरेका छन् ।