काठमाडौं—सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको बताएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको उनको भनाइ छ । साथै, उनले मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय सुशासन प्रवद्र्धनसँग जोडिने दाबी गरे ।
प्रतिक्रिया