काठमाडौं—६ कारोबार दिनपछि हिजो बढेको शेयर बजार परिसूचक नेप्सेआज फेरि घटेको छ । ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमाझरेको छ ।सबै समूहको शेयर घटेकोमाविकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यस्तै होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज नेप्से घटे पनिकारोबार रकमभने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमाआज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाखकित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमाकिनबेच भएको छ ।
प्रतिक्रिया