Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि युवा संघका कार्यकर्ताले गरे हातपात


काठमाडौं—नेपालविद्युतप्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्डमाप्रधानमन्त्री केपीशर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ।

कार्यालयको बोर्डमा सोमबार प्रधानमन्त्रीविरूद्ध गाली गलौज गरेको सूचना देखा परेको थियो। त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो। उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्ष समेत तोडफोड गरेका छन् ।

कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट गर्ने र कार्यालय तोडफोड गर्नेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ। यस घटनालाई साइबर अपराधअन्तर्गत कानुनीदायरामा ल्याउन पत्राचार भइरहँदा मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको केन्द्रले विज्ञप्तिमार्फत् बताएको छ।

प्राधकिरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचनाबोर्ड ह्याक गरी प्रधानमन्त्री गालीगलौज र अपशब्द सहितको नारा अपलोड गरिएको थियो ।प्राधिकरणले यस्तो गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचार समेत गरिएको जनाएको छ ।

तर आजबिहान ३५–४० जनाको ठूलो समूहकार्यालय प्रमुखको कार्य कक्षमाप्रवेश गरी तोडफोड गरेको प्राधिकरणले जनाएको छ । यस घटनापछि सार्वजिक सेवा प्रवाहगर्ने प्रधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको जनाउँदै तोडफोडमा संलग्नलाई सजायको व्यवस्थागर्न सरकारसँग माग गरेको छ ।