काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
आज चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए÷नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गरे ।
स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ ।
नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।
प्रतिक्रिया