Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

त्रिशूलीमा खस्यो कोइला बोकेको ट्रक, चालकको मृत्यु


काठमाडौँ त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट सखुवाका अन्दाजी ३५ वर्षीय रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भएर भरतपुर महानगरपालिका–२९, स्थित चौध किलोस्थित त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक र सह चालक दुवैजना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान ८ः३० बजे मृत्यु भएको खनालले बताए ।

ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका–५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।