काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ।
चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ।
चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ।
स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो।
प्रतिक्रिया