Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्न नेपाल तयार


सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ । एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

गत शुक्रबार सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल जितेर नेपाली टोली उत्साहका साथ मलेसिया पुगेको छ र त्यही लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध कडा चुनौती पेश गर्ने लक्ष्यमा छ ।

प्रशिक्षक रोसले आफूहरू ३ अंककै लागि खेल्ने प्रतिक्रिया दिएका छन् ।