काठमाडौं—आइपिएल १८ औं संस्करणको तेस्रो खेलमा कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।
चेन्नाईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो।मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नाईले ६ विकेट गुमाएर १९ दशमलव १ ओभरमा पूरा ग¥यो।
ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे भने कप्तान ऋतुराज गायकवाडले ५३ रन बनाए। रवीन्द्र जडेजाले १७ रन बनाए भने चेन्नाईका अन्य ब्याटर चल्न सकेनन्।महेन्द्रसिंह धोनीले दुई बल खेले पनि रन बनाउन सकेनन्।आइपिएलमा आज दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् ।
प्रतिक्रिया