काठमाडौं—कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायबारे विधेयक चालु संसद्को चालु अधिवेशनमा पेश हुने बताएका छन् । आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताए ।
उनले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताए । मन्त्री चौरसियाले विवाहको उमेरसम्बन्धी प्रस्तावमा समिति सदस्यहरुबीच मत बाझिएको बताए ।
प्रतिक्रिया