काठमाडौं—प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए ।
उनले मुख्यमन्त्री कुटनीति मर्यादा विपरित विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसंग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपको विषयमा मुख्यमन्त्रीको जवाफ माग गरे । सांसद साहले आफ्नो राखेपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारे ।
जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरु मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए । माओवादी र जसपा नेपालका सांसदहरु संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया