Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रधानमन्त्री ओलीसहित देउवा र प्रचण्डबिच भेटवार्ता हुँदै


काठमाडौं । शान्ति प्रक्रियाको बाँकी काम अघि बढाउने विषयमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ ।
रोल…
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि शीर्ष नेताबिच छलफलको तयारी रहेको नेताहरुले दाबी गरेका छन् ।

अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आज काठमाडौँ फर्किने कार्यक्रम छ । त्यसपछि शीर्ष नेताहरूबिच शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल हुने तयारी छ ।

शान्ति प्रक्रियाबाहेक अन्य विषयमा भने छलफल नहुने माओवादी नेताहरूले जिकिर गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले संसदबाटै प्रचण्डले छलफलका लागि समय नदिएको गुनासो गरेका थिए ।