काठमाडौं । संविधान संशोधनको बहशसँगै जुटेका मधेशवादी दलहरु अस्तित्व जोगाउने प्रयासबाट फेरि विमुख भएका छन् । दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डालाई छलफलमा ल्याएपछि यसअघिका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने संशय मधेशवादी दलहरूमा देखिएको थियो ।
त्यही संशयले उनीहरूलाई एउटै मञ्चमा मात्रै ल्याएन सहकार्यतर्फ अग्रसर हुने चर्चासमेत चल्यो । तर पछिल्लो समय मधेशवादी दलहरुबीच सहकार्यको सम्भावना न्यून बन्दै जाँदा अस्तित्व जोगाउने प्रयासबाट पुनः एकपटक मधेशवादी दलहरु विमुख भएका छन् । यहीबीचमा नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी भने एकताको नजिक पुगेका छन् । जहाँ यि दुई दलले सबै साना दल एकक्रित हुँदै एउटा बलियो वैकल्पीक शक्ति बन्नु पर्नेमा जोड दिएका छन् ।
सत्ताको निर्णायक मानिएका मधेशवादी दलहरुले आफ्नै अस्तित्व जोगाउन नसक्दा आज सत्ताले सत्ताधारी जस्तो व्यवहार गरेको छैन् । मधेशवादी दल एक ढिक्का नहुँदा आफ्नै फाइदाको लागि सत्ताले जसपालाई फुटाएको पछिल्लो एउटा नजिर हो । सत्ताका लागि लटपटिने प्रवृतिले उनीहरु आफ्ना मुद्दा पनि छाड्न बाँकी राख्दैनन् । जनताका म्ुद्धा विर्सिएर ठूला दलहरुको ललिपपमा भुल्दा आज ठूला दलहरुसामू हलुका बन्दै गएका छन् । मधेशवादी दलहरु निरीह बन्दा बरु स्वतन्त्रै भएपनि सांसदहरु डा. अमरेशकुमार सिंह र प्रभु शाहले भने ठूला दलहरुसँग भिडेरै भएपनि चुनौति दिइरहेका छन् ।
मधेशका विकराल समस्यालाईसमेत मधेशवादी दलहरुले अंगाल्न नसक्दा आज जनतासँगै दुरी बढ्न थालेको छ । जहाँ रिंकु सदा मृत्यु प्रकरण, जातिय विभेदबाट दलीतको उठिबास नै हुँदा पनि मधेशकेन्द्रीत दलहरु निरीह झै देखिएका छन् । हत्या हिंसाका घटनामा बढोत्तरी छ । गोली काण्डका घटना दिनानुदिन बढ्दा जिउधनकै सुरक्षामा नागरिक चिन्तित छन् ।
बाकि भिडियो सहित
प्रतिक्रिया