Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

दरबार–कोइराला कनेक्सन: शेखरको सिग्नलले राजावादी हौसिए(भिडियो)


काठमाडौं । एमाले र माओवादीले गणतन्त्र मासिन लागेको भन्दै रोनाधोना गरिरहेका बेला कांग्रेसको एउटा पक्ष राजा बोक्न तम्सिएको छ । सभापति शेरबहादुर देउवा स्वयंले हिन्दु राष्ट्रको पक्षमा रहेको सन्देश दिएका छन् । वर्षौँदेखि नबुझेको संविधानको प्रस्तावनामा हिन्दु राज्य लेख्ने र समानुपातिक निर्वाचन प्रणाली हटाउने सुझावसहितको प्रतिवेदन देउवाले बुझ्नु अर्थपूर्ण रहँदा शेखर पक्षले भने राजालाई गद्दीमै ल्याएर राखी हाल्नुुपर्नेसम्मको धारमा अभिव्यक्ति दिइरहेको छ । जहाँ राजा पूर्व नहुनेदेखि जनताले चाहे राजा आउनेसम्मका अभिव्यक्ति त्यसकै पटाक्षेप हुन् ।

हुन त यो विषय गतवर्ष कांग्रेसको महासमिति बैठकमै उठेको थियो । सभापति देउवा स्वयंले पनि हिन्दु राष्ट्रबारे पुनर्विचार गर्न सकिने बताएपछि शंकर भण्डारी लगायतको समूह हौसिएर त्यसै अनुरुपको गतिविधिमा सक्रिय भएको थियो । तर, अहिले शेखरका अभिव्यक्ति भने निकै अर्थपूर्ण देखिन्छन् । किनकि उनले पार्टी र सरकारका गतिविधिमा सधैँ संस्थापनभन्दा फरक धारणा राख्ने गरेका छन् । त्यसको अर्थ विचार प्रधानभन्दा देउवालाई पेल्ने अभिव्यक्ति प्रमुख हुने गर्छ । अहिले राजसंस्थाबारेका विषयसमेत दरिलो धरातलमा टेकेर उनी बोल्दैछन् ? वा संस्थापनलाई काउन्टर दिन भन्नेसम्मका प्रश्न उठेका छन् ।

किनकि पूर्वराजालाई भारतले उचालेर कांग्रेसमाथि दबाब बढाएका बेला देउवाले हिन्दु राष्ट्रको एजेण्डा बोक्न तयार भएको सन्देश दिनु र महाधिवेशनको तयारीमा रहेका शेखरले पनि भारतले आफूलाई सहयोग गरे राजा ल्याउनेसम्मको बाटोमा जानेसमेत सन्देश दिइरहेका छन् । हुन पनि राजावादी पार्टीहरु कांग्रेसको साथबिना राजा फर्कने सम्भावना नरहेको विश्लेषणमा रहँदा कांग्रेसमा जीवनकै उत्तरार्धमा रहेका र ज्ञानेन्द्रकै शासनमा अपमानित भएका देउवाले राजा बोक्ने सम्भावना न्युन छ । दरबारमै ढुंगा हानेका गगन र उनको पुस्ताले पनि राजा बोक्ने सम्भावना छैन ।

यस्तो अवस्थामा शेखर कोइरालाको सफ्ट अभिव्यक्ति र पार्टीमा पनि निकट भविष्यमै नेतृत्वमा पुग्ने अवस्थामा रहेको कोइराला परिवारलाई बोक्नु नै सही बाटो हुने निष्कर्षमा राजावादी पुगेका छन् । जहाँ शेखरको समर्थनसमेत आफूहरुलाई हुनेमा उनीहरु विश्वस्त देखिन्छन् ।

बाकि भिडियो सिहत