Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

ओलीका निकम्मा खेलकुदमन्त्री, आफ्नैको कालो झण्डा, खेल क्षेत्र तहसनहस (भिडियो)


काठमाडौं । आठ महिना अघि युवा तथा खेलकुदमन्त्री बनेसँगै तेजुलाल चौधरी विवादको पर्याय बनेका छन् । मन्त्री चौधरी जहाँ पुग्छन्, त्यहाँ विवाद वा विरोध हुनु दैनिकी जस्तै बनिसकेको छ । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पनि यस्तै भयो । कांग्रेस खेलकुद विभागको कार्यक्रममा सहभागी हुन सानेपा पुगेका चौधरीलाई आफ्नै नेता कार्यकर्ताले कालो झण्डासहित विरोध गरे । मन्त्री चौधरीको असक्षमता, व्यक्तिगत स्वार्थका लागि नियमविपरीत नियुक्ति जस्ता कार्यशैलीबाट असन्तुष्ट कांग्रेसकै नेता कार्यकर्ताले उनलाई कालोझण्डा मात्रै देखाएनन् कि मुर्दावादको नारा नै लगाए ।

मन्त्री भएको दुई सातामै फ्रान्सको पेरिसमा भएको गृष्मकालीन ओलम्पिक हेर्न उडेका चौधरी त्यसबाट पनि विवादबाट मुक्त हुन सकेनन् । मन्त्रिपरिषद्को बैठकले मन्त्रीलाई मात्र पेरिस जान स्वीकृत दिए पनि उनले आफ्नो लगानी रहेको विद्यालयकी प्रधानाध्यापक रञ्जना प्रधानलाई समेत आफूसँगै पेरिस लगे । पछि तिनै प्रधानलाई नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त गरे । उनको सत्ताको दुरुपयोग यतिमा मात्रै रोकिएको छैन ।

विगतमा ११ वर्षदेखि तदर्थ समितिमार्फत चल्दै आएको स्काउटको पछिल्लो निर्वाचित समितिलाई हटाएर मन्त्री चौधरीले ८ सदस्यीय समिति बनाएका थिए । जसले अहिले स्काउटमा भाँडभैलो मच्चिएको छ । राखेपमा दर्ता नै नभएको वीरबहादुर तामाङ नेतृत्वको नेपाल उसु महासङ्घलाई मान्यता दिएका मन्त्री चौधरीले विवादलाई समाधान गर्नेभन्दा समस्यातर्फ डो¥याए । गत मंसिरमा नै भइसक्नु पर्ने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई पटक मिति सारेर ०८२ जेठमा पु¥याएका छन् । गणतन्त्र आएको दुई दशक हुनै लाग्दा पनि मन्त्री चौधरी श्री ५ को सरकार लेखेर नियमावलीहरूमा हस्ताक्षर गरिरहेका हुन्छन् । ुटबलको फ्रेञ्चाइजको तेस्रो संस्करण आगामी चैत १६ गतेदेखि सुरु हुनै लाग्दा पनि मन्त्री चौधरी फुटबलमा फ्रेञ्चाइज नै नभएको झै गरी बल्ल सुरु गर्नु पर्ने जस्ता अनभिज्ञ टिप्पणी गर्छन् ।

बाकि भिडियोसिहत