काठमाडौं । गणतन्त्रवादी र राजावादी एकले अर्कालाई ठक्कर दिँदै यतिबेला सशक्त ढंगले अघि बढ्ने रणनीतिमा छन् । राजावादीहरु सक्रिय भएपछि तरंगित भएको एमालेले अब गाउँ–गाउँ पुगेर कार्यकर्तालाई गणतन्त्रबारे पाँठ पढाउने भएको छ । उता राजावादीको सक्रियतापछि तराई मधेश जागरण अभियान नै स्थगित गरेर काठमाडौं फर्किएको माओवादी पुनः अभियानमा हिँडे पनि राजावादीविरुद्ध यही चैत १५ गते सशक्त रुपमा शक्ति प्रदर्शनको तयारीमा छ ।
राजावादीविरुद्ध प्रर्दशनमा उत्रिन लागेका समाजवादी मोर्चाभित्रका दलहरुले आफूलाई सशक्त ढंगले तिखारी रहेका छन् । गणतन्त्रवादीहरुको यस रणनीतिले राजावादीले झनै स्थान पाउँदा थप हौसिने माहोल बनेको छ ।राजवादीविरुद्ध कम्युनिष्टको एक स्वर भए पनि सत्तारुढ कांग्रेसले भने मौनता साँधिरहेको छ ।
पूर्वराजाका गतिविधिका विषयमा कांग्रेसको पूर्वपदाधिकारी बैठकलेसमेत कुनै निष्कर्ष निकाल्न सकेन । उता विकल्प भनिएका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टीले समेत राजाका विषयमा कित्ता क्लियर गर्न सकेका छैनन् । यहीबीचमा जनमत पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।
भारतले राजावादीलाई उचालेको शंकाकाबीच भएको यस भेटलाई अहिले अर्थपूर्ण रुपमा हेरिएको छ । गणतन्त्रवादीहरु राजावादीविरुद्ध सशक्त ढङगले अघि बढ्ने तयारी गरिरहँदा यता टुटफुट भएका राजावादीहरु एकजुट हुने प्रयासमा मात्रै छैनन्, राजा ल्याउन जस्तोसुकै त्याग गर्न पनि तयार देखिएका छन् ।
त्यसो त गणतन्त्र पक्षधर दल र दलका नेताका कारण उत्पन्न निराशालाई समेत राजावादीहरुले मलजल गरेरै मुद्दा बनाइरहेका छन् । गएको फागुन २५ गते समर्थकको अपार साथ पाएपछि हौसिएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबारदेखि पुनः तिर्थयात्रामा निस्किएका छन् । उनको सवारीमा भव्य स्वागत गर्न भन्दै रमा सिंह जस्ता कट्टर राजावादीले कार्यकर्तालाई उर्दी नै जारी गरिसकेका छन् । पूर्वराजा शाह गोरखा पुगेर गोरखनाथ र मनकामनाको दर्शन गर्दै फेरि चैतको अन्तिममा फागुन २५ कै स्वागतको झल्को दोहो¥याउँदै फेरि गणतन्त्रवादीलाई झट्का दिने गरी प्रस्तुत हुन सक्ने आकलन हुन थालेको छ ।
व्यवस्थाविरुद्ध सशक्त बन्ने प्रयास गरिरहेका राजावादीहरुले उत्तम विकल्प सडक आन्दोलनलाई देखिरहेका छन् । जहाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाहीले सदन छाडेर आए मात्रै यो आन्दोलन थप सशक्त बन्ने राजावादीहरुको विश्वास छ ।
बाकि भिडियोसिहत
प्रतिक्रिया