काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।
विश्व खानेपानी दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताए । नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतिपूर्ण रहेको बताए ।
खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए ।
प्रतिक्रिया