सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलका निम्ति नेपाली राष्ट्रिय टिमको सुरुआती ११ सार्वजनिक भएको छ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
नेपालले आज एएफसी एसियन क्वालिफायर अघिको मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुने तालिका छ ।
यस्तो छ नेपालको पहिलो रोजाइ
किरन चेम्जोङ (क्याप्टेन गोलकिपर), सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, सुमित श्रेष्ठ, एरिक बिस्ट, आयुश घलान, मनिस डाँगी, रोहित चन्द, जिलेस्पीजंग कार्की, अन्जन बिष्ट
प्रतिक्रिया