काठमाडौं—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसको पश्चिमी कोठामा वरिपरि विद्यार्थीहरूलाई राखेर ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।उनले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएको भन्दै खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्री लिन्डा मिकमेहनलाई निर्देशन दिएका छन् ।
ट्रम्पले मन्त्री मिकमेहनलाई पनि राजीनामा दिन सुझाएका छन् ।अमेरिकामा मन्त्रालय नै खारेज गर्ने उनी पहिलो राष्ट्रपति रहेको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ। ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरे पनि संसदले त्यसलाई अस्वीकृत गर्ने सम्भावना रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
रोयटर्सका अनुसार यस्ता प्रस्तावहरू पास गर्न सिनेटमा ६० भोट आवश्यक रहन्छ। रिपब्लिकनका ५९ सिनेटर मात्रै छन्।ट्रम्पले चुनावताका नै शिक्षा मन्त्रालय खारेज गर्ने घोषणा गरेका थिए। ह्वाइट हाउसले शिक्षामा संघीय सरकारको खर्बौं लगानी खेर गएको निष्कर्ष निकालेको बताइएको छ ।


प्रतिक्रिया