Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

त्रिवि स्टेडियममा २४ सै घण्टा काम, ओलीले तोकेकै समयमा सकिने, मन्त्रीका दैनिक निरीक्षण, यस्तो बन्दै (भिडियो)


काठमाडौं—हालसम्म अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको भार थेग्दै आएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धमाधम स्तरोन्नतिको काम भइरहेको छ । मैदान परिसरमा ठूला ठूला उपकरणहरूबाट निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय नै थियो, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति । जसमा त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने प्यारापिट र रात्रीकालीन खेलका लागि फ्लडलाइट जडान गर्ने । निर्णय गरेको तीन सय दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको सरकार त्यसलाई साकार रुप दिन निरन्तर लागिपरेको छ ।