काठमाडौं—एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले ३६ वर्षपछि सिंगापुरसँग आज मैत्रीपूर्ण फुटबल खेल्दैछ। सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे हुनेछ।
नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने हुन लागेका हुन्।१९८९ मा भएको खेलमा सिंगापुरले नेपाललाई ७–० गोलले पराजित गरेको थियो।
नेपाली नवनियुक्त प्रशिक्षक म्याट रसले सबै खेलाडी फिट रहेको भन्दै उत्कृष्ट खेल पस्किने बताएका छन् । सिंगापुर फिफा वरीयतामा १६०औं स्थानमा छ भने नेपाल त्यसको १५ स्थान तल छ ।
प्रतिक्रिया