Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

दिव्यश्वरीका बचतकर्ताले पाए तीन लाख फिर्ता


काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–७ मा रहेको दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचकर्ताको रकम फिर्ता गरेको छ । नगरपालिकाको सहकारी शाखाको पहलमा पहिलो चरणमा दुई जना बचतकर्ताको तीन लाख रूपैया फिर्ता गरेको हो ।
तीन महिनाअघि उजुरी गरेका नबिन ठकुरीको चार लाख १० हजारमध्ये एक लाख ७० हजार र बसन्त पन्थीको एक लाख ३० हजार फिर्ता गरेको हो । सञ्चालक समितिका अध्यक्ष कृष्णहरी विष्ट, उपाध्यक्ष महेश विष्ट र व्यवस्थापक नविन श्रेष्ठले सहकारी शाखाको कार्यालयमै पुगेर काँडाघारी प्रहरी प्रभाग प्रमुख र थली प्रहरी चौकी प्रमुखको रोहबरमा पीडितलाई रकम हस्तान्तरण गरेका हुन् । ठकुरीको बाँकीको दुई लाख ४० हजार चैत मसान्तभित्र पीडितलाई फिर्ता गर्ने गरी कागज गराई छोडिएको छ । प्रहरीसँगको समन्वयमा सहकारी शाखाले बुधबार सहकारीका पदाधिकारीहरूलाई कार्यालयमै उपस्थित गराएको थियो । बचतकर्ताको उजुरीपश्चात् नगरपालिकाले ३५ दिने सूचना निकालेर सम्पर्कमा आउन भने पनि सञ्चालक समितिका अध्यक्षसहित अन्य पदाधिकारीहरू सम्पर्कमा आएका थिएनन् ।
पछिल्लो केही दिनमा सात लाख बराबरको तीन वटा उजुरी परेको छ । सोमबार मात्रै शाखाले वडा नम्बर ९ मा रहेको गहना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका ११ जना बचकर्ताको १४ लाख ५५ हजार ३ सय रुपैयाँ फिर्ता गराएको थियो ।