Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

लगातार घट्दै शेयर बजार


काठमाडौं—शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ । शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा धेरैले घटेको छ । आज जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ ।

आज मिथिला लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दोल्ती पावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका ९५ लाख ९९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।