Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एसईई : धनुुषा, सिरहा र जाजरकोटमा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो


काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा ९एसईई०को पहिलो दिन धनुुषा, सिरहा र जाजरकोटमा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको केहीबेरमै जनकपुरधामको एक परीक्षा केन्द्रबाट फेसबुकमार्फत प्रश्नपत्र आउट भएको हो । शिक्षा विकास निर्देशनालय, धनुषाका निर्देशक ठूलोबाबु दाहालले आफूलाई पनि प्रश्नपत्र बाहिरिएकोबारे जानकारी आएको बताउँदै थप छानबिन हुने बताउनुुभएको छ । उहाँका अनुसार शिक्षा समन्वय इकाई र धनुषा प्रशसनलाई अनुसन्धानका लागि आग्रह गरिएको छ ।

कुुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्नेबरे विस्तृत खुल्न सकेको छैन । परीक्षा केन्द्रमा मोबाइल पूर्णरुपमा निषेध गरिएकाले केन्द्राध्यक्षकै मिलेमतोमा प्रश्नपत्र आउट भएको हुनसक्ने आशंका गरिएको छ । मंगलबार प्रदेशका मुख्यमन्त्र सतिशकुमार सिंहले केन्द्राध्यक्ष नियुुक्ति प्रकृयामा असन्तुष्टी नजाउँदै एसईई परीक्षाबाट हात झिकेको बताउनुभएको थियो । यस्तै सिरहाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट पनि प्रश्नपत्र बाहिरिएको छ ।

निजी विद्यालयहरुको सेटिङमा प्रश्नपत्र बाहिरिएको आशंका छ । तर, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने मर्यादित रुपमा परीक्षा सकिएको भन्दै पातसमेत नहल्लिनेगरी सुरक्षा गरिएकामा जिल्लाका कुनैपनि केन्द्रबाट प्रश्नपत्र बाहिरिने विषय सोच्न नसकिने बताउनुभयो । उता जाजरकोटमा पनि प्रश्नपत्र बाहिरिएको छ । शिवालय गाउँपालिका–७ स्थित विरन्द्र माविको जुँगाथापाचौरबाट प्रश्नपत्र बाहिरिएको हो ।

म्यासेन्जर ग्रूपमार्फत प्रश्नपत्र बाहिरिएका विवरण आएका छन् । तर, उक्त विद्यालयले भने सौहर्दपूर्ण वातावरणमा परीक्षा भएको र प्रश्नपत्र नबाहिरिएको जिकीर गरेको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पनि यसबारे जानकारी नभएको बताउनुभएको छ । एसईईको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सम्पन्न भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन् ।