गत सोमबार राति ट्रक चालकसहित प्रहरीले बरामद गरेको २५ करोड रकमको मुख्य मालिकको खोजी भइरहँदा उक्त घटनाले विभिन्न शंका उब्जाएको छ । बारम्बार विचौलिया र भरियालाई पक्राउ गरेठुलै उपलब्धी हासिल गरेको आत्मरतिमा रमाउने प्रहरी यसपटक मुख्य नाइकेसम्म पुग्न सक्ला त भन्ने प्रश्न अनउत्तरित देखिन्छ । बुधबार बसेको संसद बैठकमा यो विषयले प्रवेश पाउँदा सांसदहरुले प्रश्न उठाएका छन् ।
नेपालमा घटेका अधिकांश आपराधिक घटनाहरुमा प्रहरीले भरियालाई पक्रिने र विचौलिया तर्साउने कार्यलाई ठुलै उपलब्धी हासिल गरेकोभन्दै हल्ला फिजाउने गर्दै आएको छ ।गत सोमबार राति २५ करोड रकमसहितपक्राउ परेका भरिया फुच्चे भनिने कुसाङ लामा घटनाले पनि यसलाई छर्लंग बनाएको छ ।
अझ रोचक विषय त के छ भने, कुसाङ ८ वर्ष पहिले२०७३ पुस १३ गते चीनबाट सात केजी सुन नेपाल भित्र्याउँदै गरेको अवस्थामापक्राउ परि ५ वर्ष जेल सजाय भुक्तान गरेका व्यक्तिहुन् । उनको हुलिया र पृष्ठभूमि हेर्दा उनलाई नियोजित रुपमा सुन तस्करहरुले भरियाको रुपमा प्रयोग गरेको देखिन्छ । कुसाङ लामा पनि पेसेवार रुपमा पक्राउ पर्ने र केही वर्ष कारागार बस्ने अनि घटना सामसुम बनाउने मतियार बन्ने गरेको देखिन्छ । उनी केही आर्थिक प्रलोभनमा जेल सजाय भोग्न पनि तयार भए जस्तो उनका हर्कत र घटनाक्रमले देखाउँछ । योसंगै यस घटनामा विभिन्न शंका गर्नेठाउँहरु देखा परेका छन् । उक्त घटनालाई हामीले केलाउने प्रयास गरेका छौँ ।
रहस्य नम्बर १. भरिया पक्राउ, मालिकको छैन अत्तोपत्तो
बेवारिसे अवस्थामा फालिएको झोलाको मालिक पत्ता लगाउन सक्ने सामाथ्र्य राख्ने नेपाल प्रहरीले २५ करोड रकमको भरिया पक्राउ परेको दुई दिन पुगिसक्दा समेत हालसम्म मालिकको अत्तोपत्तो छैन ।जसले यो घटना आफँैमा रहस्यमय बनेको छ ।
घटनाका अभियुक्त प्रमाणसहित पक्राउ पर्नु आफैँमा आधा समस्या समाधान हुनु हो तर फुच्चे भनिने कुसाङ लामा भरियालाई पक्राउ गरेको प्रहरीले बाघ मारे जस्तो रवाफ देखाइरहेको छ । २५ करोडको मुख्य अभियुक्त मालिकतर्फ प्रहरी एक पाइला पनि अगाडि बढ्न सकेको छैन । जसले प्रहरीमाथि नै विभिन्न शंका उपशंका उब्जाएको छ।
रहस्य नम्बर २. सोमबार राति पक्राउ, मंगलबार मात्र जानकारी
२५ करोडका भरिया कुसाङ लामा सोमबार राति पक्राउ परेका हुन् भन्ने कुरा मंगलबार बिहान मात्र सञ्चारमाध्यममार्फत सार्वजनिक भयो । अघिल्लो दिनको राति भएको घटना भोलि पल्टमात्रै सार्वजनिक हुनु पनि रहस्यमय देखिन्छ । प्रहरीलेघटना घटेको सत्य तथ्य सूचना दिन ढिलाइ गर्नु हुन्न थियो तर सोमबार राति पक्राउ परेका कुसाङ लामालाई पक्राउ गरेको १२ घण्टा पछिमंगलबार दिउँसो मात्र सार्वजनिक गरियो ।
रहस्य नम्बर ३. गोप्य सूचना दिने को ?
प्रहरीको आचारसंहिता र नियम अनुसार सूचना दिने व्यक्तिबारे सम्बन्धित निकायमा बाहेक भन्न मिल्दैन । तर रहस्यमय विषय त कुसाङको ट्रकमा बोनटमाथि फल्स बनाएर विदेशी रकम छ भन्ने सूचना प्रहरीलाई कसले दियो? र किन दियो भन्नेमै छ । घटना हेर्दा पैसा यस्तो ठाउँमा लुकाइएको छ कि त्यो आम मान्छेलेसहजै पत्ता लगाउन सकिने देखिँदैन । तर त्यस्तो ठाउँमा राखेको पैसा कसैलेजानकारी नदिइपक्कै पनि पत्ता लागेको होइन ।
रहस्य नम्बर ४. वास्तविक रकम कति हो ?
सोमबार बरामद गरिएको रकमबारे प्रहरीको प्रेस विज्ञप्तिमा २५ करोड १९लाख २४ हजार ९ सय ५० रुपैयाँ उल्लेख छ । तर विभिन्न सञ्चारमाध्यमहरुमा फरक फरक रकमको उल्लेख गरिएको छ । कतै युरो र अमेरिकी डलरमा पनि फरक फरक रकम देखिन्छ। जसलेवास्तविक रकम कति हो भन्ने प्रश्न उठाएको छ । यस विषयमा प्रहरीको जानकारी नै अन्तिम हुने भए पनि शंका गर्ने ठाउँ दिएको छ ।
रहस्य नम्बर ५, ८वर्ष पहिले पनि सुन तस्करीमा पक्राउ
२०७३ पुस १३ गते चीनबाट सात केजी सुन नेपाल भित्र्याउँदै गरेको अवस्थामा
पक्राउ परेका कुसाङ लामा, पुनः चीन लैजाँदै गरेको २५ करोड नेपाली रकम बराबरको अमेरिकी र युरोसहित पक्राउ पर्नुले विभिन्न शंकाहरु उब्जाएको छ । उनको सिधा सम्बन्ध सुन तस्करहरुसंग रहेको हुन सक्ने जोकोही व्यक्तिले बुझ्न सक्छन् । त्यसैले लामा प्रहरीका लागि सुन तस्करसम्म पुग्न सक्ने सजिलो भ¥याङ हुन तर प्रहरी भने भरिया पक्राउ गरेकैमामख्ख देखिन्छ । मुख्य मालिकसम्म पुग्ने र पक्राउ गर्ने साहस प्रहरीले गरेको देखिँदैन ।
रहस्य नम्बर ६. भागबन्डा नमिल्दा पक्राउ
तस्कर समूहभित्रै भागबन्डा नमिल्दा अवैध २५ करोड रकमबारे सूचना चुहाइएको र ट्रक चालक लामा पक्राउ परेका हुन सक्ने देखिन्छ । यसै गरी यो रुट हुँदै पहिलेदेखि रकम बाहिरिने र सुन भित्रिने गरेको घटनाले पनि थप बल पु¥याएको छ । यस घटनाको प्रकृतिलाई हेर्दा तस्करहरुबीच भागबन्डामा हिसाब नमिले पछि रुष्ट समूहले प्रहरीलाई सूचना दिएको देखिन्छ । जसका कारण कुसाङ लामा बलीको बोको बनेको देखिन्छ ।
यो विषय बुधवारको संसद बैठकमा पनि उठेको छ । सांसदहरुले छानविन समिति बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले सुन तस्करीजस्ता घटनामा ड्राइभर र भरियालाई समाउने तथा मुख्य व्यक्तिसम्म नपुग्ने गरिएको भन्दै आपत्ति जनाए।
नेकपा (माओवादी केन्द्र)ले पनि रकम बरामद भएको घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेको छ । माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।
यस्ता विभिन्न घटनामा सवारी चालक र भरियालाई पक्रने तर मालिकसम्म पुग्न नसकेका थुप्रै घटना विगतमा पनि भएका छन् ।अहिलेको यस घटनामा पनि भरिया वा चालकलाई समातेर मुख्य नाइकेसम्म सरकार नपुग्ने हो भने फेरि आमसर्वसाधारणको आँखामा छारो हाल्ने बाहेक अर्को काम नहुने स्पष्ट छ । सुन तस्करी काण्ड र त्यससँग जोडिएका अनुसन्धान राजाको शासनकाल पञ्चायतदेखि अहिलेसम्म पनि जस्ताको जस्तै देखिन्छ । पर्दा पछाडिका मानिस को हुन् ? भनेर पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धान क्षमतामाथि नै प्रश्न उठिरहेको छ भने कतिपय अवस्थामा प्रहरीकै मिलेमतो त होइन ? भन्नेसम्मका शंकासमेत उब्जाएको छ ।
प्रतिक्रिया