काठमाडौं—बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा अरु मुलुक पनि सशंकित भएका छन् । उनको हर्कतकै कारण विभिन्न मुलुक तथा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएसँगै मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर नाघेको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया