Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

२५ करोड बरामद घटनाको छानबिनका लागि विशेष समिति बनाउन मा‌ओवादीको माग


नेकपा (माओवादी केन्द्र)ले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

“यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,” उनले भने । 

सांसद सापकोटाले उपल्लो तहसँगको ‘कनेक्सन’बिना यस्ता घटना हुन नसक्ने बताए । “यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । गम्भीरतापूर्व यी घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ,” उनले भने ।

उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए । “यो सरकार सुशासनप्रति इमान्दार छैन । सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ । यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ,” उनले भने ।