Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले संसदबाटै मागे माफी, देहव्यापारबारे के बोलेका थिए उनले ?


 नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले केही दिनअघि आफूले बोलेको कुरालाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न ।

३ दिनअघि घिमिरेले देशको विकासका लागि यौन व्यवसाय र गँजा वैधानिक रूपमा खुलाउनुपर्ने तर्क गरेका थिए ।

धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको भन्दै घिमिरेले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ ।’

घिमिरेको उक्त अभिव्यक्तिको सदनमा विशेषगरी महिला सांसदले प्रतिरोध गरेका थिए ।

आज घिमिरेले आफूले बोलेको कुरा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको प्रष्टी । उनले आफ्नो विचारले संसदका सदस्य र जनमानसमा नकारात्मक प्रभाव परेको भए सम्मान गर्दै क्षमा माग्छु भनेका छन् ।