निर्णायक आन्दोलनका लागि अब राजतन्त्र समर्थक नभई निर्मल निवास नै तयारीमा जुटेको छ । फागुन २५ गतेको भीडलाई असाधारण समर्थन बुझका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न जिल्ला दौडाहामा जाने काठमाडौं फर्कने र शक्ति देखाउने रणनीतिमा रहँदा समर्थक शक्तिहरुबीच भने तिक्तता बढ्दै गएको छ ।
फागुन २५ गतेको भीडलाई मात खुवाउने गरी पूर्वराजा ज्ञानेन्द्र शाहले अर्को तयारी सुरु गरेका छन् । त्यसका लागि उनी आफैँ तयारीमा जुुट्दा उनको शक्ति जाँच्न खोजेका गणतन्त्रवादी फेरि एकपटक हेरेको हे¥यै हुने अवस्था बन्दैछ । स्रोतका अनुसार चैत ९ गते झनै ठूलो जनलहर निस्कँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने तयारीमा छन् । मनकामना र गोखरनाथको दर्शन गरेर ज्ञानेन्द्र काठमाडौं फर्कने क्रममा २५ गतेकोभन्दा ठूलो शक्ति देखाउने योजनामा अब राप्रपा वा दुर्गा प्रसाईं होइन, निर्मल निवास नै अग्रसर भएको छ । त्यसका लागि केही तयारी पनि भएको छ । राजेन्द्र लिङ्देन, कमल थापा र दुर्गा प्रसाईंहरु खाँटी राजावादी बन्ने होडमा रहेका बेला पूर्वराजाकै सक्रियतामा बहुदलपछि गुमनाम बनेका पूर्वपञ्च नवराज सुवेदीलाई मैदानमा उतारिएको छ । उनकै नेतृत्वमा संयुक्त जनआन्दोलन समिति घोषणा गरिएको छ । तर, गुमनाम पात्रलाई मुख्यभावमा ल्याइएपछि अरु शक्ति भने असन्तुुष्ट बनेका छन् ।
स्रोतका अनुसार सुवेदीलाई ज्ञानेन्द्रकै इन्ट्रेस्टमा सक्रिय बनाइएको हो । राजा ल्याउने एजेण्डासहित राजनीति गरिरहेका राजेन्द्र लिङ्देन, कमल थापा, दुुर्गा प्रसाईं, केशरबहादुर विष्टसहितका नेताहरुले एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेको अवस्थामा पूर्वराजा शाहले तेस्रो विकल्प रोजेका हुन् । जहाँ ज्ञानेन्द्रको इच्छा बमोजिम सुवेदीलाई कमान्डर बनाउन राप्रपाका महामन्त्री धवलशम्शेर राणा गुटले भूमिका खेलेको बुझिएको छ । यसमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको पनि साथ छ । त्यसअनुुसार मिश्रलाई समितिको सदस्य सचिव बनाइएको छ । लिङ्देन, थापा र विष्टलाई निर्देशक समितिमा राखिएको छ । तर, आफूहरुलाई नसोधी समितिमा राखिएको भन्दै त्यहाँ बस्न उनीहरुले अस्वीकार गर्दा मिश्रले भने सुवेदीतर्फ ढल्किने प्रतिक्रिया दिइरहेका छन् ।
यसको अर्थ राप्रपामा पनि फेरि विभाजन देखिएको छ । अध्यक्ष लिङदेन र ज्ञानेन्द्र शाही लगायतको संस्थापन नेतृत्व एकातर्फ रहँदा मिश्र र धवलले खाँटी राजावादीको परिचय बनाउन खोज्दैछन् । केही समयदेखि व्यक्तिगत रुपमै पूर्वराजा ज्ञानेन्द्रसँगै हिमचिम बढाइरहेका उनीहरु पार्टीमा समेत संसदवादी दलहरुको पछि नलागी राजा फर्काउन लाग्नुपर्ने दबाब दिँदै आएका छन् । फागुन सातमा पूर्वराजाको आह्वानमा राणाले तत्काल प्रतिक्रिया जनाउँदै स्वागत गरेका थिए । त्यसपछि उनकै नेतृत्वमा मोटरसाइकाल ¥याली पनि भयो । पोखराबाट पूर्वराजा फर्कने क्रममा समेत उनलाई स्वागतका लागि त्यही पक्षले हतारो र हस्तक्षेपकारी भूमिका देखाएको थियो । २०७९ मा सरकारमा सहभागी भएको राप्रपाले चैतमा राजा फर्काउने ज्ञापनपत्र नै बुझाएर सडकमा जाने निर्णय ग¥यो । त्यसबेला पनि लिङदेन पक्ष तत्काल सडक संघर्षकै पक्षमा नरहे पनि राणा–रवीन्द्र पक्षको दबाबमा सडकमा ओर्लिएको थियो । यो गुट पूर्वराजाकै योजनाको पक्षमा रहँदा राप्रपाको संस्थापन पक्ष भने तुल्सी गिरी लगायतहरुको पञ्चायती शैलीकै कारण ज्ञानेन्द्रले गद्दी छाड्नु परेकाले अहिले त्यही तप्कालाई सक्रिय बनाउन नहुने लाइनमा देखिएका छन् । अर्थात, कांग्रेस एमाले नबोकी राजा नफर्कने उनीहरुको लाइन स्पष्ट छ । अर्केतर्फ निर्णायक आन्दोलनमै जानु परे सांसदबाट राजीनामा दिनुुपर्नेसम्मका अवस्थामा इतर लाइन स्पष्ट रहँदा संस्थापन पक्ष तत्काल यसमा सहमत नहुँदा पनि समस्या भएको छ । तर, सोमबारको दिनलाई १७ वर्षपछि राजावादी एक ठाउँमा मिलेको बताउँदै एक तप्का भने असन्तुष्टि हल हुँदै जानेमा विश्वस्त छ ।
हुन त फागुन २५ गते राजावादीहरुको असाधारण शक्ति प्रदर्शनपछि गणतन्त्रवादीसमेत आफ्नो शक्ति बढाउने तयारीमा छन् । त्यसको दुई दिन बित्न नपाउँदै दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेरै राप्रपाले आफूहरुको सफलतामा भाँजो हाल्न आएको भन्दै राजालाई गद्दीमा बस्न मन भए आफूसँग आउन भनेका थिए । यही बीचमा चैतमै राजतन्त्र र गणतन्त्रवादीले निर्णायक शक्ति प्रदर्शन गर्दैछन् । जहाँ सबै राजावादी एक हुँदा गणतन्त्रवादी दल पनि एक हुँदैछन् । राष्ट्रिय सहमतिको सरकार बनाउने टुंगो लागिसकेकै बेला प्रतिपक्षमा राजावादी शक्ति मात्र भएकाले उनीहरु झनै शक्तिशाली बन्ने विश्लेषणसहित यो योजना तत्काललाई रोकिएको छ । तर, मुद्दामा भने एकजुट भइरहेका छन् । खाँटी राजावादी बन्ने उनका समर्थकको लडाईंले पूर्वराजा काठमाडौं मात्र फर्किरहने तर, नारायणहिटी फर्कनै नसक्ने अवस्था नबन्ला पनि भन्न सकिँदैन ।
प्रतिक्रिया