Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

स्ववियु चुनाव : ३८ वटा आंगिक क्याम्पसमा मात्रै मतदान


काठमाडौं—त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।

आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ । अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ । त्रिविका ६४ वटा अंगिक क्याम्पस छन् ।