Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

साफ यू–१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक


काठमाडौं—भारतको अरुणाचल प्रदेशमा हुने साफ यू–१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ माश्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ ।

नेपाल समूह ‘बी’माभारत र श्रीलङ्कासँग रहेको छ ।समूह ‘ए’ माबङ्गलादेश, माल्दिभ्स र भुटान रहेका छन् । दुवै समूहकाशीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।प्रतियोगिताको पहिलो दिन वैशाख २६ गते बङ्गलादेश र माल्दिभ्स तथाश्रीलंका र भारतबीच खेल हुनेछ । च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ सम्महुनेछ। सबै खेल अरूणाञ्चलको गोल्डेन जुब्ली स्टेडियम युपीयामा हुनेछ ।

च्याम्पियनसिपमा कुल ९ खेल हुने छन् । जहाँ समुह चरणमा ६ तथा २ सेमिफाइनल र १ फाइनल हुनेछ । नेपाल यो च्याम्पियनसिपको पहिलो संस्करणको विजेता हो । सन् २०१५ मापहिलो पटक विजेता बनेको नेपालले दोस्रो पटक २०१७ मा उपाधि जितेको थियो ।

भारतले सर्वाधिक ३ पटक उपाधि जितेको छ। गत संस्करण नेपालमा भएको च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ ले हराएको थियो।