काठमाडौं—नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए ।
उनले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताईन् । उनले जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताए ।
नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताए । महासतिव चन्दले संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको बताए ।
प्रतिक्रिया