Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

लगातार घट्दै नेप्से


काठमाडौं—शेयर बजार परिसूचक नेप्से आज लगातार तेस्रो दिन घटेको छ । आज नेप्से ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६ सय ९७ दशमलव ०४ विन्दुमाझरेको छ ।शेयर बजार एक महिनापछि २ हजार ७ सय विन्दुमुनि झरेको हो । यस अघि गएको फागुन ४ गते शेयर बजार २ हजार ६ सय ९८ विन्दुमा थियो ।

आज अन्यबाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकमपनि घटेको छ । हिजो ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका ८२ लाख ३७हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम २ महिनायताकै कम हो ।