काठमाडौँ – नेपालमा राजावादी सक्रियताको राजको खोजी भइरहेकै बेला भारतमा यसबारे चर्को बहस भइरहेको छ । जहाँ राजतन्त्र फाल्नेदेखि दरबार हत्याकाण्डसम्ममा भारतको प्रत्यक्ष÷परोक्ष सम्बन्धको स्वीकारोक्ति हुँदा पूर्वराजा र भारत कनेक्सनको खोजीसमेत हुन थालेको छ ।
नेपालमा राजावादीहरुको चमकधमक बढ्दा भारतमा यसले ठूलै बजार पाएको छ । एक तप्काले माओवादी आन्दोलन भारतबाट प्रयोजित भएको र दरबार हत्याकाण्डमा पनि भारतकै हात रहेको बताइरहेको छ । अर्को पक्ष छ जसले नेपालमा कुशासन बढेको भन्दै राजा नफर्काइ नहुने अवस्था बनिरहेको बताइरहेको छ । आन्दोलनमा घुुसपैठ गरेर एमाले कार्यकर्ताले उत्तर प्रदेशका मुख्मन्त्री योगी आदित्यनाथको फोटो राख्दा नेपालमा परिचालित आन्दोलनको संज्ञा दिँदा भारतले नै सबै खेल खेलिरहेको विषय पनि आएका छन् । यी सबै विषय एकैपटक किन भइरहेका छन् ? नेपालमा राजावादीको उक्साहट र भारतीय बुद्धिजीविको सक्रियताको के साइनो छ ? भन्नेजस्ता प्रश्न उठेका छन् । जहाँ माओवादी र राजतन्त्रबारे बुद्धिजीवी र पूर्व ‘रअ’ प्रमुखहरु नै पोल खोलखोलमा लागेका छन् । यहाँ माओवादी र अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका नायक नै आफूहरु रहेको बताउँदा राजा फाल्न माओवादीलाई भारतले नै जंगल पठाएको भन्दे भारतीयहरुले प्रचण्डको धोती खुस्काइरहेका छन् ।
यसैबेला माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाएका छन् । तत्कालीन छानविन समितिले समेत युवराज दीपेन्द्रले नै वंशनाश गरेको निष्कर्ष निकालेको थियो । कतिपयले नेपालका नेताकै ग्राण्ड डिजाइन पनि कारक रहेको बताउँदा भारतीय गुप्तचार संस्था ‘रअ’का पूर्वप्रमुखहरु खुलेरै आफूहरुले नै दरबार हत्याकाण्ड गरेकोसम्मका खुलासासहित दाबी गरिरहेका छन् ।
सन् १९८८ मा भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपाल भ्रमणमा आउँदा क्रिश्चियन धर्म मान्ने सोनिया गान्धीलाई पशुपतिनाथ दर्शन गर्न नदिइएपछि राजा वीरेन्द्रसँग भारत रिसाउनुलाई राजतन्त्र समाप्त हुनुको कारण मानिएको छ । अर्कोतर्फ भारत संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्थाको पक्षमा थियो । तर त्यसबेला राजा भारतको चाहना अनुसार चल्न नमान्दा त्यसका खिलाप भारत उभियो । अहिले ज्ञानेन्द्रले भारतको मन जित्न खोजे पनि त्यति सजिलो छैन । तर, नेपालमा माओवादीसहित कम्युुनिस्ट शक्तिसँग जनता निकै रुष्ट भइसकेकाले भारतीय बुुद्धिजीविहरु संवैधानिक हैसियतमा राजा ल्याएर हिन्दु राष्ट्र पुनस्र्थापनाको प्रार्थना गर्न थालेका छन् ।
पहिलेजस्तो राजाको शासन नचाहे पनि नेपाललाई हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने भारतको इन्ट्रेस्ट रहेको विषय ओपन सेक्रेट जस्तै हो । यस्तो अवस्थामा पूर्वराजाले पनि भारतको त्यस्तो शक्तिसँग उठबस नगरेका होइनन् । त्यसमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र योगी आदित्यनाथसँग पटक पटक भेटेका छन् । अहिले जनप्रर्दशनका क्रममा उनको तस्वीर प्रदर्शन हुँदा भारतमा एकखालको खुसियाली त छाएकै छ भाजपामा भने योगी विवादमा परेका छन् । मोदीको उत्तराधिकारी बन्न योगीसँग लडिरहेका अमित शाह पक्षले भने कुुनै देशको मामिलामा केन्द्रमा छलफल नगरी प्रदेश सरकारका प्रमुखले हस्तक्षेप बढाउनु कति ठिक भन्ने प्रश्न उठाएको छ ।
अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको सम्बन्ध सुधार हुन नसक्नु तथा नेपालमा कम्युनिस्ट शासन आफ्ना लागि थ्रेट महसुस गर्ने भारतीय संस्थापन अहिले झस्किएकै कारण कांग्रेसमाथि दबाब बढाउन योगीमार्फत राजावादीलाई उचालेको चर्चा चल्ने गरेको छ । यहीबीचमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दिल्ली हानिएकी छन् । १५ मिनेट बोल्ने कार्यक्रममा गएकी आरजु एक हप्तासम्म उतै बसेर के पकाउँदैछिन् भन्ने अर्को प्रश्नले एमाले नै शशंकित बनेको छ । तर, उनीहरु भने ओलीको शक्तिशाली उदयलाई नै राजावादी सल्बलानुको महत्वपूर्ण कारण मानिरहेका छन्
यत्तिका तथ्यले नेपालमा गणतन्त्र र संघीयता विदेशी उक्साहटमा आएको स्पष्ट भइसकेको छ । अमेरिका र भारतीय थिंक ट्यांकका अभिव्यक्तिले पनि यसैलाई बल पु¥याएको छ । अर्कोतर्फ नेपालका हरेकजसो घटनाक्रम र व्यवस्था परिवर्तनमा भारतको हात हुँदा अहिलेको उक्साटमा समेत ऊ पर रहेको विषय कल्पनासमेत गर्न सकिँदैन । अहिले आफ्नै पोल खुल्न थालेपछि प्रचण्ड लगायत विपक्षी दलहरुसमेत राजावादीविरुद्ध नभई भारतीय शक्तिसँग शशंकित भएको अर्थमा हेर्न थालिएको छ । त्यसमाथि यो विषयमा निर्णायक कांग्रेस र मधेशवादी दलहरुले अस्वभाविक मौनता साँधेका छन् । यस्तो अवस्थामा राजनीतिक परिदृष्य भारत अनुकूल भएपछि राजावादी शक्ति एकाएक चुप लागे अन्यथा नमान्ने अवस्था पनि नआउँला भन्न सकिँदैन ।
प्रतिक्रिया