नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले सत्ताधारी प्रमुख दलकै निर्देशनमा भ्रातृ संगठनहरूले क्याम्पसमा स्ववियू निर्वाचन भाँड्न क्याम्पसमा तालाबन्दी गराएको आरोप लगाएका छन् । चुनाव भाँड्न क्याम्पसमा तालाबन्दी गरेर विश्वविद्यालय तोडफोड गर्ने लोकतन्त्रको चर्को भाषण गरेको उनको भनाइ छ ।
‘लोकतन्त्रको सुन्दर फुलबारीमा विष हाल्छ, आफ्नो मूल्य मान्यताविपरीत उर्दी जारी गर्छ । लोकतान्त्रिक अभ्यासमा विजय र पराजय यसका सुन्दर अनुपम हुन्’ उनले भनेका छन्, ‘स्ववियू निर्वचान पञ्चायती व्यवस्थाको कालरात्री, ज्ञानेन्द्र शाहको कालो शासन कालमा पनि भएको थियो, हेक्का होस् !’
गणतन्त्रको व्यवस्थामा स्ववियू निर्वाचन गर्न नदिने यो कस्तो सत्ता गठबन्धन हो ? यसको समीक्षा गर्न तयार छ ? भन्दै उनले प्रश्न गरेका छन् ।
बूढानीलकण्ठ, बालुवाटार, सिंहदरबारको दबाब र प्रभावमा नभई लोकतन्त्रको सुन्दर नर्सरीमा फल्न फूल्न र आफ्नो क्याम्पसको नेता चुन्न दिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया