Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

धनुषामा चोक नामकरण विवाद-प्रहरीले गोली चलायो, तीनजना घाइते


काठमाडौँ – धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।

झडपमा अन्य दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । अहिले पनि अवस्था तनावपूर्ण रहेको स्थानीय शम्भु पण्डितले जानकारी दिए । यहाँ एक पक्षले ‘यादव चोक’ नामकरण गरेपछि अर्को पक्ष विरोधमा उत्रेको हो । आइतबार पनि दुई पक्षबीच झडप भएको थियो । प्रहरीले श्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।