Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशका रुपमा आउँदैन : कांग्रेस सचेतक घिमिरे


नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले मुलुकको स्थायित्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने बिषयमा कुनै छलफल नभएको बताएका हुन् ।

उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको उल्लेख गरे ।उनले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानूनकै रुपमा अगाडि बढाउने उल्लेख गरे ।