Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान


काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । एक महिनापछि लेखा समितिको बैठक आह्वान भएको हो ।

लेखा समितिले ‘बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा’ यही चैत ६ गते बिहान साढे १० बजेका लागि बैठक राखेको छ । यसअघि लेखा समितिको बैठक गत फागुन ६ गते बसेको थियो । संसद्को लेखा समितको बैठकको प्रभावकारिताका सम्बन्धमा सरोकारवालाहरूले प्रश्न उठाइरहेका बेला बैठक आह्वान भएको हो ।

यसअघि पनि लेखा समितिको बैठक वर्तमान सरकार बनेपछि सरदरमा एक महिनामा एक पटक बैठक बस्दै आएको छ । लेखा समितिको अभिलेख अनुसार पछिल्लो ९ महिनामा लेखा समिति बैठक ९ पटक बसेको छ । असारमा एउटा पनि बैठक बसेन । साउनमा चारवटा बैठक बस्यो ।भदौ महिनामा एकपटक बैठक बस्यो । असोज, कात्तिक, मंसिर महिनामा लेखा समितिको बैठक एक पटक पनि बसेन ।

पुसमा एउटा बैठक र माघमा दुइटा बैठक बसेको छ । फागुनमा एउटा बैठक बसेको थियो । चैत ६ गतेका लागि अर्को बैठक राखिएको छ ।