संघीय संसद्का दुबै सदनको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभाको बैठकमासुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गर्ने कार्यसूची छ । यस्तै, ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पनि पारित गर्ने कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, शिक्षामन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गर्ने कार्यसूचीसमेत रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया