काठमाडौं—सात दशक पुरानो विरासत बोकेको ८० हजार संख्यामा रहेको नेपाल प्रहरीको कमाण्ड समालेका (आईजीपी) वसन्तबहादुर कुँवर आफ्नो ३० वर्षे सेवाअवधि पूरा गरेर यही चैत ५ गतेदेखि अवकाशमा जादै छन् ।प्रहरी नियमावली अनुसार ३० वर्षे सेवाहदका कारण चैत ४ गते राति १२ बजेदेखि आईजीपी कुँवर अवकाशमा जान लागेका हुन् ।२०७९ चैत १० मा आईजीपी नियुक्त भएरउनले करिब दुई वर्ष प्रहरीको कमान्डर सम्हाले ।
३० औँप्रहरी महानिरीक्षकका रुपमा कुँवरले प्रहरी प्रधान कार्यालयमा आफ्नो तस्बिर झुण्ड्याउने बाहेक खास्सै उपलब्धि मुलक छाप छोडेर जान सकेनन् । उनको महानिरीक्षकको भूमिका र कार्यकाललाई हेर्दा नेताहरुलाई रिझाउने र शक्ति केन्द्रको वरिपरि चाकडी गर्ने बाहेक अरु उपलब्धि देखिएन । त्यसो त कुँवरले राजनीतिक भागबन्डाको आधारमा आईजीपी बनेको आरोप खेप्नु प¥यो । जसलाई उनको कार्यशैलीले पनि गलत प्रमाणित गर्न सकेनन् ।
प्रतिक्रिया