काठमाडौं—एकाअर्काविरुद्ध आक्रामक सुनिँदै आएका राजावादी र गणतन्त्रवादीहरू राजनीतिक मुठभेडतर्फ अग्रसर बनेका छन् । भीड देखेर हौसिएका राजतन्त्र पक्षधर र आफूलाई गणतन्त्रको मसिहा ठान्नेहरुका कारण भिडन्तकै अवस्था बनेको हो । जहाँ राजावादीहरुले फागुन २५ मै आफ्नो शक्ति प्रदर्शन गरिसकेका छन् भने आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।
अब दलहरुले पूर्वराजालाई स्वीकार्नुको विकल्प नभएको तथा नवीन सहमतिमा जानुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ । यही कारण पूर्वराजालाई नागरिक अभिनन्दनदेखि मोटरसाइकल ¥याली तथा प्रर्दशनका विभिन्न कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका शक्तिहरुले गरिरहेका छन् ।
प्रतिक्रिया